एकल समिश्रणका दुई औषधीमाथि प्रतिबन्ध

एकल समिश्रणका दुई औषधीमाथि प्रतिबन्ध
सुन्नुहोस्

औषधी व्यवस्था विभागले एकल समिश्रणका दुइवटा औषधीको उत्पादन तथा बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

एटोरभास्टाटिन र एम्पाग्लिफ्लोजिन ५ एमजी ट्याब्लेट स्ट्रेन्थ समिश्रणका औषधी उत्पादन र किनबेच निषेध गरिएको हो । सार्वजनिक सूचना जारी गर्दै विभागले ती औषधीको प्राविधिक अध्ययन गर्दा युएसएफडीए, ईएमए, पीएमडीएम, टीजीएलगायत इनोभेटोरकोसमेत दर्ता नदेखिएको, स्ट्रेन्थ सब–थेरापेउटिक रहेको र स्ट्रेन्थको तथ्यगत विवरण पर्याप्त स्थापित नभएको पाइएको बताएको छ । 

सो औषधीको नयाँ थप दर्ता नगर्न र उत्पादन वा आयात भई बजारमा रहेका तीन महिनाभित्र फिर्ता गर्न विभागले निर्देशन दिएको छ । साथै, औषधीको आधिकारिक विवरण विभागमा पेश गर्न र सम्बन्धित प्रमाणपत्र, अनुज्ञापत्र र सिफारिसपत्र फिर्ता लिई नियमानुसार रद्ध गर्ने निर्णयसमेत भएको जनाएको छ । 

‘बजारमा मौज्दातमा रहेका यस प्रकारका समिश्रणका औषधीहरुको आधिकारिक विवरण विभागमा पेश गर्न र सम्बन्धित प्रमाणपत्र, अनुज्ञापत्र र सिफारिसपत्र फिर्ता लिई नियमानुसार रद्ध गर्ने,’ सूचनामा भनिएको छ ।
You sent
 

टिप्पणीहरू