क्यानद्धारा क्रिकेट खेलाडीको वर्गीकरण

क्यानद्धारा क्रिकेट खेलाडीको वर्गीकरण
सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको वर्गीकरण गरेको छ । 

क्यानले पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गरेको हो । जसअनुसार पुरुषतर्फ कप्तान रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, सोमपाल कामी र आशिफ शेख ग्रेड ‘ए’ मा परेका छन् । 

करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल शाह ग्रेड ‘बी’ तथा सन्दिप जोरा, आरिफ शेख, भिम सार्की, कुशल मल्ललाई ग्रेड ‘सी’ मा राखिएको छ । ग्रेड ‘डी’ मा पर्नेमा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, वसिर अहमद, प्रतिश जिसी, अभिनाश बोहोरा र मायान यादव रहेका छन् ।

ईमर्जिङ क्याटागोरीमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, सन्तोष यादवलाई समावेश गरिएको छ । 

ग्रेड ‘ए’ ले मासिक एक लाख, ग्रेड ‘बी’ ले ७० हजार, ग्रेड ‘सी’ ले ५५ हजार, ग्रेड ‘डी’ ले ३५ हजार र ईमर्जिङले २५ हजार रुपैयाँ तलब पाउनेछन् । 

यता, महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रुबिना क्षेत्री, सिता रानामगर ग्रेड ‘ए’ मा परेका छन् । ग्रेड ‘बी’ मा पर्नेमा कविता जोशी, ग्रेड ‘सी’ मा कविता कुँवर, सम्झना खड्का, ग्रेड ‘डी’ मा बिन्दु रावल, एलिसा यादव, सना प्रबिन, रिया शर्मा, सिमना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, करिश्मा गुरुङ्ग, जोत्सिका मरासिनी, रचना चौधरी र मनिशा उपाध्याय रहेका छन् ।

 उनीहरुले क्रमशः ५० हजार, ३५ हजार, २५ हजार र २० हजार रुपैयाँ मासिक तलब पाउने क्यानले जनाएको छ ।

टिप्पणीहरू