गभर्नर मुक्तिनाथमा,वरिष्ठ डेपुटी उक्लने दौडमा

गभर्नर मुक्तिनाथमा,वरिष्ठ डेपुटी उक्लने दौडमा
सुन्नुहोस्

मुक्तिनाथ मन्दिर परिसरमा आजदेखि डिजिटल भेटी,दान,दक्षिणाको शुभारम्भ गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भीम युपिआई सेवा शुभारम्भ गरेका हुन् ।

प्रभु बैंकले उक्त सेवा सुरू गरेसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम युपिआइमार्फत् क्युआर स्क्यान गरेर मुक्तिनाथ मन्दिरमा भेटी, दान,दक्षिणा भुक्तानी गर्न सक्ने छन् ।

२०७७ फागुनमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शीतल निवासको चाहनामा ‘खाँटी’ एमाले भन्दै डेपुटी नियुक्त गरेको थियो ।

मुस्ताङमा प्रि–बजेट गोष्ठीको आयोजनासँगै गभर्नर नेतृत्वको टोली आज मुक्तिनाथ पुगेको हो । गभर्नरसँगै बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा,पोखरा कार्यालयका निर्देशक दीपकराज लामिछाने,प्रभु बैंकको गण्डकी प्रदेश प्रमुख राजु रानामगरलगायत मन्दिर पुगेका थिए ।

यता,डेपुटी गभर्नर आगामी २४ गते रिक्त हुने गभर्नर पदमा नियुक्तिका लागि दौडधुपमा लागेकी छन् । गभर्नर सिफारिस समितिले पूर्णता पाएसँगै निलम ढुंगाना तिम्सिना विशेषगरी बूढानीलकण्ठ निकट स्रोतहरुसँग नजिकिएको बताइन्छ । 

२०७७ फागुनमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शीतल निवासको चाहनामा ‘खाँटी’ एमाले भन्दै डेपुटी नियुक्त गरेको थियो । पहिले अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकार रहेका अर्थशास्त्री तथा बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ र प्रधानमन्त्री ओलीले नजिकबाट चिन्ने मोरङको ढकाल परिवारका अर्का कार्यकारी देवकुमारलाई ढुंगानाले आफू ‘एमाले’ बनेर त्यसबेला नियुक्तिबाट बाहिर पार्न सफल भएको बताइन्छ । तर, अहिले आफना माइती खलक सबै काँग्रेसी भन्दै उनी अघि बढेपछि बालुवाटारका सल्लाहकारहरुसमेत झस्किएको पाइन्छ ।

टिप्पणीहरू