अमेरिकी निर्णयमा चीन क्रुद्ध

अमेरिकी निर्णयमा चीन क्रुद्ध
सुन्नुहोस्

चीनले अमेरिकी सरकारले डिपसिकमाथि लगाएको प्रतिबन्धप्रति कडा आपत्ति जनाएको छ । अमेरिकाले आफ्ना कर्मचारीलाई सरकारी निकायमा रहेका उपकरणमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) डिपसिक प्रयोग गर्न रोक लगाएपछि चीनको उक्त प्रतिक्रिया आएको हो । 

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले राष्ट्रिय सुरक्षा अवधारणाको अतिविस्तार र आर्थिक, व्यापार तथा प्राविधिक विषयमाथि भएको चर्को राजनीतिकरणको चीनले निरन्तर विरोध गर्दै आएको बताइन् ।

उनले भनेकी छन्, ‘चीन चिनियाँ उद्यम र उद्यमीहरूको वैध अधिकार र हितको दृढतापूर्वक संरक्षणमा दृढताकासाथ उभिने छ ।’

टिप्पणीहरू