यता अनेक हल्ला,दिल्लीमा विशेष सल्लाह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राइसिना डायलगमा सहभागी हुने क्रममा नयाँ दिल्ली पुग्नुभएकी मन्त्री राणा र भारतीय समकक्षीबीच आज भेट भएको हो ।
यता राजावादीहरुको अघिल्लो सोमबारको भीड देखिएलगत्तै राष्ट्रिय सरकारको चर्चा चलाइएपछि सामाजिक सञ्जालमा मन्त्री राणाको भारत भ्रमणलाई जोडेर अनेक हल्ला जारी छ । कतिपयले भारतीय संस्थापन पक्षसँग आन्तरिक राजनीतिबारे गम्भीर रुपमा बातचित गर्न नयाँ दिल्लीको कार्यक्रमभन्दा पहिले नै धार्मिक उद्देश्यले उहाँ उता जानुभएको विश्लेषणसमेत गरेका छन् ।
फागुन २६ गते गएर परराष्ट्रमन्त्री नयाँ दिल्लीमा हिजोदेखि भोलिसम्म हुने राइसिना डाइलगमा सहभागी हुनुभएको छ । यसअघि माइती पक्षका आधा दर्जन नातेदारसँगै भारतको झारखण्ड जानुभएको थियो । स्थानीय बाबा वैद्यनाथ धाम र बासुकीनाथ मन्दिरमा पूजा अर्चना गरेर उहाँ नयाँ दिल्ली पुग्नुभएको हो ।
टिप्पणीहरू