अदालतको आदेशपछि कीर्तिपुरको चुनाव अलपत्र

नेपाली कांग्रेसको भात्री संगठन नेविसंघको आन्तरिक लफडा अदालतसम्म पुगेपछि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव बिथोलिएको छ ।
नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनले चुनाव रोक्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश डालकुमार खड्काको इजलासले निर्वाचन समितिले चैत ३ गते निकालेको सूचना यथास्थितिमा राख्न भनेको छ ।
यसअघि चैत ५ गतेका लागि तय भएको निर्वाचनमा नेविसंघभित्रको गुटगत लडाई र विद्यार्थी संगठनहरूबीच सहमति नहुँदा ८ गतेका लागि सारिएको थियो । चुनावको सम्पूर्ण तयारी अघि बढिरहँदा अदालतले दिएको यो आदेशसँगै केन्द्रीय क्याम्पसको चुनाव अन्योलमा परेको छ ।
टिप्पणीहरू