नेपाली परराष्ट्रमन्त्री दिल्लीमा, माल्दोभाका मन्त्री बालुवाटारमा

नेपाली परराष्ट्रमन्त्री दिल्लीमा, माल्दोभाका मन्त्री बालुवाटारमा
सुन्नुहोस्

माल्दोभाका उपप्रधान एवम् परराष्ट्रमन्त्री मिहेल पोप्सोइले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्रीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुन लागेको सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि माल्दोभालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटवार्तामा जलवायु परिवर्तन,शिक्षा,सँस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्नेबारे छलफल भएको थियो । 

अस्ति परराष्ट्रमन्त्री डा. राणाले माल्दोभाका विदेशमन्त्रीसँग नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमको क्रममा भेट भएको हो । 

अन्य मुलुकका मन्त्री तथा प्रतिनिधिहरु उद्घाटन समारोहपछि फर्के पनि हाम्रा परराष्ट्रमन्त्री आज मात्रै स्वदेश फर्कने कार्यक्रम छ । उहाँ फागुन २६ गते भारत जानुभएको थियोे  ।

टिप्पणीहरू