भण्डारखालबाट ३ सय सनातनी मैतिदेवीतिर
सनातनी धर्मावलम्बीहरुले राजधानीमा बृहत र्याली निकालेका छन् । बृहत सनातनी हिन्दू,ॐकार, दशनामीलगायत धार्मिक संघसंस्थाको संयुक्त आयोजनामा र्याली निकालिएको हो ।
र्यालीको नेतृत्व सनातन धर्म संस्कृति संगठनको अध्यक्ष पुष्पराज पुरुषले गरेका छन् । काठमाडौं महानगरपालिका–८, भण्डारखालबाट निकालिएको र्याली मैतिदेवीतर्फ लागेको छ । र्यालीमा झण्डै तीन सय जनाको सहभागिता रहेको छ ।


टिप्पणीहरू