रेणुलाई प्रधानमन्त्रीको प्रश्न- छोरी सन्चै छौ ?

रेणुलाई प्रधानमन्त्रीको प्रश्न- छोरी सन्चै छौ ?

प्रधानमन्त्री केपी शर्मा ओली र भरतपुर महानगरका मेयर रेणु दाहालबीच हार्दिकतापूर्ण सम्बन्ध देखिएको छ । 

सडक उद्घाटन गर्न पुगेका प्रधानमन्त्री र मेयरले आपसमा सम्मानभाव प्रकट गरेका हुन् । भरतपुरको विकास निर्माणमा एक्लो जस लिएको भन्दै एमालेका स्थानीय कार्यकर्ता मेयर दाहालप्रति सकारात्मक नरहेपनि आजको कार्यक्रममा भने त्यस्तो देखिएन । 

ओलीको स्वागतका लागि मेयर दाहाल भरतपुर विमानस्थल पुगेकी थिइन् । पुष्पगुच्छा लिएर उभिएकी उनलाई ओलीले 'के छ छोरी सन्चै छौ ?' भनेर सोधेका थिए । जवाफमा उनले 'ठिक छु' भनेकी थिइन् । 

कार्यक्रम उद्धघाटनका क्रममा पनि प्रधानमन्त्री र मेयरबीच सौहार्दपूर्ण सम्बन्ध देखियो । प्रधानमन्त्री ओली र मेयर दाहालसँगै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गरे ।

२०७७ माघ १७ गते प्रम ओलीले नै सडक विस्तारको शिलान्यास गरेका थिए । संघीय सरकारको बजेट भए पनि मेयर दाहालको पहलमा कामले तीब्रता पाएको हो ।

भिडियो स्रोत: राजेन्द्र आचार्य
 

टिप्पणीहरू