एन्फाले माग्यो मुख्य प्रशिक्षक

एन्फाले माग्यो मुख्य प्रशिक्षक

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । एन्फाले मुख्य प्रशिक्षकसहित पर्फमेन्स एनलाइसिस पनि मागेको छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । मुख्य प्रशिक्षकमा आवेदन दिन प्रो लाइसेन्स प्राप्त हुनुपर्छ । यस्तै, सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टोली सम्हालिसकेको र कम्तीमा दुई वर्षको अनुभव हुनुपर्ने एन्फाले जनाएको छ । पर्फमेन्स एनलाइसिसमा आवेदन दिन भने फिटनेस कोर्स र प्रतिष्ठित संस्थाबाट फुटबलमा डाटा विश्लेषण गरेको सर्टिफिकेट प्राप्त हुनुपर्छ ।

 

टिप्पणीहरू