खेलाडी भेट्दा प्रधानमन्त्री खुशी

कहिले टिकटकर त कहिले र्यापरलाई बालुवाटारमा बोलाएर घण्टौँ गफिने गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फुटबल खेलाडीसँग भेट्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय उहाँले विश्वविख्यात ब्राजेलियन फुटबलर रोबर्टो कार्लोससँग हात मिलाउनुभएको हो । नेपाल सुपर लिग (एनएसएल)को खेल हेर्न हिजो बिहान काठमाडौँ आएका कार्लोसलाई आज दिउँसो प्रधानमन्त्री भेट्न निम्तो गरिएको थियो ।
आधा घण्टाको भेटमा प्रधानमन्त्री ओलीले कार्लोसको नेपाल भ्रमणले नेपाली फुटबल प्रेमीहरुमा उत्साह ल्याएको भन्दै खुसि व्यक्त गरेको बताइएको छ । दुई देशका खेलाडीहरुको सीप आदानप्रदान गर्नुपर्नेमा पनि त्यहाँ जोड दिइयो ।
५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा उहाँ टोलीको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।
तस्बिरहरु
टिप्पणीहरू