प्रचण्ड र देउवा नहुँदा प्रधानमन्त्रीको बोल्ने कार्यक्रम प्रभावित
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकलाई सम्बोधन नगर्नुहुने भएको छ ।
संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन आज दिउँसो १ बजे बस्ने बैठकमा प्रम ओली बोल्ने कार्यक्रम तय भएको थियो । तर, सत्तापक्षीय दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीले सम्बोधन स्थगित गर्नुभएको हो ।
देउवा थाइल्याण्डमा हुनुहुन्छ भने प्रचण्ड गोरखा पुग्नुभएको छ । संसदीय परम्परामा प्रधानमन्त्रीले संसदमा बोल्दा प्रमुख विपक्षी दलका नेता र विपक्षी दलका नेताले बोल्दा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ ।
तर, यस्तो परम्परा प्रधानमन्त्री ओली स्वयम्ले भने पटक-पटक मिच्नुभएको छ ।
टिप्पणीहरू