३१ जिल्लामा फैलियो डढेलो, देशभर वायु प्रदुषण

३१ जिल्लामा फैलियो डढेलो, देशभर वायु प्रदुषण

सुख्खा मौसमसँगै देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ । पछिल्लो एक सातायता देशभर डढेलो फैलिएको छ । 

वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीमा अद्यावधिक विवरणअनुसार गत वैशाख ८ गतेदेखि आज बिहानसम्म देशभरका विभिन्न ३१ जिल्लामा डढेलोका घटना भएका छन् । 

विवरणअनुसार डढेलोका एक सय २५ वटा घटनामध्ये सबैभन्दा धेरै कैलाली र सुर्खेतका बराबर १६ स्थानमा भएको छ । त्यसपछि कञ्चनपुरका ११, डडेल्धुराका दश, मकवानपुरका आठ, प्युठान र बर्दियाका ६–६, अछामका पाँच, धादिङ, डोटी र तनहुँका चार–चार स्थानमा डढेलोका घटना भएका छन् । 

चितवन, गोरर्खा, नवलपुर र सल्यानका तीन–तीन, रामेछाप, नुवाकोट, ललितपुर र भोजपुरका दुई–दुई र बाँके, दार्चुला, डोल्पा, गुल्मी, कपिलवस्तु, ओखलढुंगा, पर्सा, पाल्पा, रसुवा र उदयपुरका एक–एक स्थानमा डढेलो लागेको छ । 

बढीजसो डढेलो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास सल्किएका छन् । एकातिर वर्षा नभएर सुख्खा बढ्नु, अर्कोतिर सामुदायिक वनहरुमा पातपतिङ्गर, हाँगाबिंगाहरु थुप्रिदा डढेलो लाग्ने गरेको छ ।

डढेलो बढेसँगै देशभरको वायुको गुणस्तर पनि खस्किँदै गएको छ ।

 

टिप्पणीहरू