गणेशलाई मान्छे मिलाउनै गाह्रो

प्रेस चौतारीको विराटनगर महाधिवेशनमा जब नेतृत्व चयनको बेला भयो, विभिन्नथरीले, शक्तिकेन्द्रको नाम लिँदै पद माग्न थाले । त्यस्तैमा देखा परे, एक युट्युबर जसरी पनि सचिव चाहियो । ती सिन्धुपाल्चोकतिरका शिवशक्ति आचार्य हुन् । कुनै बेला रेडियो राजधानीमा कार्यक्रम प्रस्तोता हुन् । केही वर्षदेखि युट्युबतिर छन् ।
फागुनमा केपी ओलीपत्नी राधिका शाक्यको करुणा पुस्तक प्रकाशन गरेर अलिअलि बालुवाटारतिर नजिकिन पुगेका आचार्यले ठूलो पद मागेपछि गणेश बस्नेतले मौलिक शैलीमा झपारेको खबर छ ।
नेतृत्व चयनको निम्ति निर्वाचन माग्दै राजेश राई, बालकुमार नेपाल, माधव तिवारीहरूले माहोल तताइरहेको बेला १७ पदाधिकारीमध्ये ९ मात्र बनाउनु पर्ने र आकांक्षी धेरै हुँदा गणेश पूरै दबावमा थिए । त्यहीबेला थपिए शिवशक्ति । उनले यस्तो आमाचकारी गाली भेटे कि कुरै नगरौं ।
राजेश राईले नेतृत्वमा दावी छोडेपछि, नयाँ कमिटी घोषणा गर्दा ३ जनालाई विधानविपरीत सचिवालय सदस्य बनाइयो । जबकि सचिवालयको ब्यवस्था विधानमै छैन । प्रकाश सिलवाल, शिवशक्ति आचार्य र निरजराज जोशी त्यसरी समेटिनेमा परेका हुन् ।
– उषा रेग्मी
टिप्पणीहरू