महिला र मदिरामा लिप्त,मस्कका कमजोरीको बयान संक्षिप्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार तथा नयाँ सरकारले गठन गरेको सरकारी कार्यालयको क्षमता विभागका प्रमुख एलन मस्क विशेषगरी महिलाप्रति आशक्त र लागुपदार्थ सेवनकर्ता भएको आरोप छ । विश्वककै सबैभन्दा धनी तथा ४२४ बिलियन अमेरिकी डलरका मालिक मस्कको उक्त कमजोरीको प्रतिस्पर्धी रुसले दुरुपयोग गरेको एक जना भूतपूर्व अमेरिकी जासुसले बताए ।
रुसी जासुसी संस्थाले मस्कको निजी जीवनबारे शोषण गरेको अमेरिकी संघीय गुप्तचर संस्था एफबीआईका एक जना भूतपूर्व अधिकारीले दाबी गरेका छन् । जोनाथन बुमाले जर्मनीको जेडडिएफलाई दिएको अन्तरर्वार्तामा रुसी सेना र जासुसी संस्थाले अमेरिकामा सेक्स,ड्रग्स र विलासी जीवनबारे चासो राखेर शोषण गरेको उल्लेख गरे । उनका अनुसार मस्कको निजी जीवनबारे अनावश्यक सूचना संकलन गरेर उच्च प्रविधिमा रुसले पहुँच पुर्याएको हो ।
धनाढ्य मस्कले विशेषगरी केटामाइन नामक लागुपदार्थ प्रयोग गर्ने गरेको रुसी गुप्तचर संस्थाको दाबी छ । अमेरिकी अधिकारीहरुले मस्कले युक्रेनी सेनालाई इन्टरनेटका लागि आफ्नो स्टारलिंकको निःशुल्क सुविधा दिएकाले रुसले बदला लिएको आरोप लगाएका छन् ।
टिप्पणीहरू