बस र कार ठोक्किँदा एक जनाको मृत्यु

बस र कार ठोक्किँदा एक जनाको मृत्यु

xचितवनमा गएराति भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । खैरहनीमा उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार एक आपसमा ठोक्किएको बताइन्छ । 

चितवन प्रहरीले राति पौने २ बजेको समयमा भएको दुर्घटनामा कार चालक खैरहनी नगरपालिका ८ का ४२ वर्षिय प्रदिप तिमिल्सिनाको मृत्यु भएको जनाएको छ । उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

टिप्पणीहरू