काँग्रेसले बोलायो पदाधिकारी बैठक

काँग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली काँग्रेसले पदाधिकारी बैठक डाकेको छ । भोलि बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक राखिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार क्रियाशील सदस्यता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री र उनको सचिवालय मुछिएको विषयमा पनि कुराकानी हुने अनुमान छ ।

टिप्पणीहरू