उपमेयरको घरमा बस छिरेपछि दुई जनाको प्राणान्त

उपमेयरको घरमा बस छिरेपछि दुई जनाको प्राणान्त

केहीबेर अघि उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । त्रिभूवन राजपथ खण्डको थाहा नगरपालिका वडा नं ३ को गोपाली गाउँबाट थानाबजार जाने क्रममा रहेको बा ३ ख ५९९० नं को बस ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको हो । 

ब्रेक फेल भई उक्त बस थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र छिरेको र त्यसअघि अर्का एक यात्रुलाई ठक्कर दिएको मकवानपुर प्रहरीले जनाएको छ । 

घटनामा परी मृत्यु हुनेमा थाहा नगरपालिका ९ का लेखापढी व्यवसायी कृष्ण बलामी र बिष्णुपुर गाउँपालिका ५ सप्तरी स्थायी घर भै हाल झम्केश्वरी माविमा शिक्षण गर्नुहुने लोकेन्द्र कुमार ठाकुर रहेका छन् । 

घटनामा परी स्थानीय झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादव, मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेश कुमार शाह, झम्केश्वरी माविकै शिक्षक रामगुलाम चौधरी र छेवाङ दोर्जे लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइतेमध्ये यादव र साहको अबस्था गम्भीर रहेको र उनीहरुको थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको तथा बाँकीको थाहा नगरमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्हरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू