राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ गर्नुभएको छ ।
मन्त्री पौडेलले आज शीतल निवास पुगेर झण्डै एक घण्टा बजेटका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको हो । सरकारले पर्सि जेठ १५ गते बजेट ल्याउँदैछ ।
गणतन्त्र दिवससमेत रहेको उक्त दिन सत्तारुढ दल नेकपा (एमाले) र राजावादीहरुले काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।
टिप्पणीहरू