च्याम्पियन्स लिग फाइनलमा पीएसजी र इन्टर मिलान भिड्दै

च्याम्पियन्स लिग फाइनलमा पीएसजी र इन्टर मिलान भिड्दै

यूईएफए च्याम्पियन्स लिगको उपाधिको लागि आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन९पीएसजी० र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । एल्लिनाज एरिनामा हुने फाइनल खेल राति १२स्४५ बजे शुरु हुँदैछ ।

दुबै टोली आजको खेल जित्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । पीएसजी जर्मनीमा पहिलोपटक प्रतियोगिताको उपाधि उचाल्ने पाँचौ टोली बन्ने दाउमा रहेको छ भने इन्टर मिलान दुई वर्ष अगाडिको फाइनल खेलमा पराजित भएपछि चौथोपटक उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । दुई वर्ष अगाडि इस्तानबुलमा भएको फाइनल खेलमा इन्टर म्यानचेस्टर सिटीसँग १(० गोलले पराजित भएको थियो ।

इन्टर मिलान लिगचरणमा चौथो स्थानमा रहँदै नकआउट चरणमा पुगेको थियो । फाइनल पुग्ने क्रममा अन्तिम १६ मा फेयेनोर्डलाई ४(१ गोलले हराउँदै अगाडि बढेको इन्टरले क्वाटरफाइनलमा बायर्न म्युनिखलाई ४(३ गोलले र सेमिफाइनलमा बार्सिलोनालाई ७(६ गोलले हराएको थियो ।

यता प्लेअफ हुँदै अन्तिम १६ मा पुगेको पीएसजीले प्लेअफमा ब्रेस्टलाई १०(०, अन्तिम १६ मा लिभरपुललाई पेनाल्टी सुटआउटमा, क्वाटरफाइनलमा एस्टन भिल्लालाई ५(४ र सेमिफाइनलमा आर्सनललाई ३(१ गोलले हराउँदै फाइनलको यात्र तय गरेको थियो ।

दुई टोलीबीच भएको पछिल्लो ५ भेटमा पीएसजीले तीन खेल जितेको छ भने इन्टरले एक खेल आफ्नो पक्षमा पर्दा एक खेल बराबरीमा सकिएको थियो ।

टिप्पणीहरू