भिजिट भिसा काण्ड र गृहमन्त्रीको राजीनामाबारे निश्कर्ष निकाल्दै रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो दुई वटा बैठक बोलाएको छ । अपरान्ह १ बजे केन्द्रीय सचिवालय बैठक र ३ बजे संसदीय दलको बैठक राखिएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा विभिन्न विषयमा छलफल गर्न लागिएको बताइएको छ ।
रास्वपाले आजको बैठकमा समसामयिक राजनीतिसँगै भिजिट भिसा काण्डबारे पनि विस्तृत रुपमा छलफल गर्न लागेको छ । बैठकमा भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकको संलग्नता एवम् उनको राजीनामाबारे विशेष छलफल गरिने बताइएको छ ।
त्यस्तै पार्टीको महाधिवेशन केन्द्रित गतिविधि, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनबारे पनि निर्णय गरिने एजेण्डा छ । पार्टीले जेठ २३ गतेबाट आरम्भ गर्ने भनिएको जनयात्राबारे निधो गरिने भएको छ ।
टिप्पणीहरू