प्रधानमन्त्रीले आफूलाई ‘झोले’ घोषणा गरेपछि एमाले नेताहरु पनि सोही लाइनमा

प्रधानमन्त्रीले आफूलाई ‘झोले’ घोषणा गरेपछि एमाले नेताहरु पनि सोही लाइनमा

नेकपा (एमाले)ले राजावादीविरुद्ध ‘म झोले हो’ अभियान चलाएको छ । पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलसहित शीर्ष नेताहरुले आज एकैचौटी आ–आफ्नो सामाजिक सञ्जालमार्फत् एउटै प्रकृतिको ग्राफिक्स तस्बिर सार्वजनिक गर्नुभएको छ ।

ठूलो अक्षरमा ‘म झोले हो’ लेखिएको तस्बिरमा तल्लो भागमा भनिएको छ, ‘एउटा समान्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो ।’

पार्टीमाथि आक्रमण हुँदा कार्यकर्ताले प्रतिवाद गर्न नसकेको भन्दै च्यासलदेखि बालुवाटारसम्म गुनासो गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले नै उक्त तस्बिर सार्वजनिक गरेपछि कार्यकर्ताहरुले पनि ‘ह्यासट्याग’ अभियान चलाएका हुन् । उक्त तस्बिरप्रति सर्वसाधारणको प्रतिक्रिया भने रोचक देखिन्छ । एक जनाले भनेका छन्, ‘सही भन्नुभयो, तपाईंहरू झोले नै हो ! ’ अर्का व्यक्ति लेख्छन्,‘राम्रो धेरै राम्रो । कम्तिमा तपाईंले आफू झोले भएको स्वीकार गर्नुभयो ।’

टिप्पणीहरू