सदन खुलाउन सभामुखसँग सचेतक
सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरिले आज पनि छलफल शुरु गर्नुभएको छ । उहाँले मुख्य दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्नुभएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपालगायत राजनीतिक दलका प्रमुख सचेतकहरूसँग अहिले छलफल चलिरहेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले सदन अवरुद्ध गरिरहँदा सत्ता पक्षले भने गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।
सहमति नजुटेकै कारण जेठ १५ गते प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । हिजो बैठक नै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक अझैसम्म शुरू हुन सकेको छैन ।
टिप्पणीहरू