दिपक मनाङ्गे र रवि लामिछाने सङ्गसङ्गै
भैरहवा कारागारमा सजाय काटिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेले डिल्ली बजार कारागारका जेलरसँग फोन संवाद गरेका छन् ।
काठमाडौँमा जेल सरुवा मागेका उनले आज जेलको अवस्थाबारे बुझ्न बिहानै जेलरसँग फोनमा कुरा गरेको बुझिएको छ । रविले कारागार कार्यालय रूपन्देहीमार्फत् आइतबार जेल सरुवाको निवेदन दिएका थिए ।
कारागार व्यवस्थापन विभाग स्रोतका अनुसार उनलाई एक-दुई दिनमा काठमाडौँ ल्याउने तयारी छ । त्यसको पूर्वसन्ध्यामा आज जेलरलाई फोन गरेका उनले जेलभित्रको सुविधाबारे लामो जिज्ञासा राख्नुका साथै आफ्ना माग सुनाएका थिए । जेलमा छुट्टै कोठा व्यवस्थापन गर्न सक्ने नसक्नेबारे उनले विशेष चासो राखे ।
"आफूलाई राख्ने कोठामा एट्याच ट्वाइलेट छ कि छैन ? भनेर पनि रविले सोधेको बताइएको छ । उनले कोठामा बेडको अवस्था र टि-टेबल अनि फोन भए-नभएको पनि जान्न खोजेका थिए ।"
त्यसैगरी,आफूलाई राख्ने कोठामा एट्याच ट्वाइलेट छ कि छैन ? भनेर पनि सोधेको बताइएको छ ।उनले कोठामा बेडको अवस्था र टि टेबल अनि फोन भए-नभएको पनि जान्न खोजेका थिए । फोन संवादका क्रममा उनले भेटघाटमा सहजता हुने नहुने सुनिश्चिततासमेत खोजेको बुझिएको छ ।
यता,जेल प्रशासन स्रोतले रविलाई यसअघि रेशम चौधरी बसेको कोठामा राख्न लागिएको बताएको छ । उक्त कोठा कैदीबन्दीलाई भेट्न आएकाहरुले ल्याएको फलफूल भण्डारण गर्ने कोठा हो।
संयोग कस्तो भने रवि गृहमन्त्री हुँदाका बेला उनको दुश्मन दिपक मनाङ्गे अहिले डिल्लीबजार कारागारमै छन् । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा निलम्बित प्रदेशसभा सदस्यसमेत रहेका उनलाई त्यहाँ छुट्टै कोठा दिएर राखिएको छ । यसअघि सोही कारागारमा कैद भुक्तान गरेका मनाङ्गेले त्यसबखत बालकृष्ण ढुंगेल र डिबी कार्कीलगायतलाई हाराबारा खेलाएको चर्चा चलेको थियो ।
टिप्पणीहरू