सर्वोच्चको पूर्णपाठ नआएसम्म अग्निबारे माओवादी नबोल्ने
अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपाठ आएपछि मात्रै माओवादी केन्द्रले आधिकारिक धारणा बनाउने भएको छ । आज बिहान बसेको पदाधिकारी बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता सापकोटाले यसबारे पार्टीको आधिकारिक धारणा पूर्णपाठ आएपछि मात्रै बन्ने बताए । पूरै अध्ययन नगरि टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।
‘यसबारे धेरै छलफल गर्नुपर्ने अवस्था छैन, जब पूर्णपाठ आउँछ त्यसको अध्ययन हुन्छ । अनि पार्टीको आधिकारिक धारणा बन्छ’, सापकोटाले भने ।
पूर्व सभामुखसमेत रहेको सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले हिजो छानबिन अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशप्रति असन्तुष्ट रहेको माओवादीले शान्ति प्रक्रियालाई गिजोल्न सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिएको छ ।
टिप्पणीहरू