माधव नेपालसहित ९३ जनामाथि मुध्दा दायर

माधव नेपालसहित ९३ जनामाथि मुध्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा गैरकानुनी रुपमा बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

पतञ्जली जग्गा हिनामिना प्रकरणका नाममा चर्चित यो घटनामा नीतिगत निर्णय गरेर भ्रष्टाचारजन्य कसूर गरेको आरोप अध्यक्ष नेपालमाथि छ । उहाँसहित ९३ जनाविरुद्ध अख्तियारले आज मुद्धा चलाएको हो । 

मुद्दा दर्ता प्रक्रिया भर्खर सकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जनआस्थालाई जानकारी दिए । ०६६ सालमा नेपाल नेतृत्वको क्याबिनेटले काभ्रेको बनेपास्थित ५९३ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जली योगपीठलाई स्वीकृति प्रदान गरेको थियो । तर,त्यसमध्ये करिब ३५३ रोपनी जग्गा प्लटिङ गरेर हाउजिङ कम्पनीलाई बेचेको पाइएपछि अनियमितता खुलेको थियो ।

सो निर्णय गर्दाको क्याबिनेटमा शंकर पोख्रेल,सुरेन्द्र पाण्डे,बिद्या भण्डारी,बिजय गच्छदार,रविन्द्र श्रेष्ठ,भीम रावल,राजेन्द्र महतो,रकम चेम्जोङ्ग,पूर्णबहादुर खड्कासमेत थिए । त्यतिबेलाका मुख्यसचिव माधव घिमिरे र भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ भने बितिसके ।

उक्त प्रकरणमा अख्तियारले पूर्व प्रधानमन्त्री नेपालसहित तत्कालीन सरकारी अधिकारीहरुसँग बयानसमेत लिएको थियो । मुद्दा दर्ता भएसँगै नेपाल सांसद पदबाट स्वतः निलम्बनमा पर्नुभएको छ । सो निर्णय गर्दाको क्याबिनेटमा शंकर पोख्रेल,सुरेन्द्र पाण्डे,बिद्या भण्डारी,बिजय गच्छदार,रविन्द्र श्रेष्ठ,भीम रावल,राजेन्द्र महतो,रकम चेम्जोङ्ग,पूर्णबहादुर खड्कासमेत थिए । त्यतिबेलाका मुख्यसचिव माधव घिमिरे र भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ भने बितिसके ।

अख्तियारले केहीबेरमा औपचारिक विज्ञप्ति जारी गरेर यसबारे थप जानकारी गराउने जनाएको छ ।

यो पनि...

१. फाइल पल्टाउने रवि स्वयं फन्दामा

२.  को को माथि कठोर बन्न कस्सियो अख्तियार ?

टिप्पणीहरू