यी हुन् सिंहदरबार अगाडिबाट समातिएका पारससहित चार राजावादी

यी हुन् सिंहदरबार अगाडिबाट समातिएका पारससहित चार राजावादी

सिंहदरबारको दक्षिण गेटबाट चार जना राजावादी युवा समातिएका छन् ।

राजा फर्काउने आन्दोलनअन्तर्गत गणतन्त्रविरोधी नारा लगाउन दिउँसो त्यहाँ पुगेका उनीहरुलाई सिंहदरबार गणबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्देश शाही, किशोर ठकुरी, पारस विक्रम शाही र पवन मल्ल छन् । 

पक्राउ परेका चार राजावादी युवालाई सिंहदरबार प्रहरी वृतमा राखिएको छ ।  

बुढा नेताले राजा फर्काउने आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै हिजो नवराज सुवेदी समूहको बैठकमा किचलो भएको थियो । त्यसलगत्तै युवाहरूले छुट्टै बैठक राखेर संघर्षको कार्यक्रम तय गरेका थिए । सोहीअनुसार यिनीहरु आज सिंहदरबार अगाडि नारा लगाउन पुगेका हुन् ।

टिप्पणीहरू