१३ मिनेटमै सकियो आजको संसद

१३ मिनेटमै सकियो आजको संसद

प्रतिनिधिसभा बैठक १३ मिनेटमै स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । 

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक साँझ सवा ५ बजे बल्ल शुरू भएको थियो । तर, गृहमन्त्रीको राजीनामा माग्दै आएका विपक्षी दलका सांसदहरू बैठक शुरू हुनासाथ कुर्सिबाट उठेर विरोध जनाए । सो क्रममा सभामुख घिमिरेले विधिसम्मत ढंगबाट सभा अघि बढाउने वातावरण बनाउन विपक्षीहरुलाई पटकपटक आग्रह गरेपनि विपक्षीहरुले टेबल ठोकेर विरोध गरिरहे । 

विरोधका बीच सभा अघि बढाउने वातावरण नबनेपछि अन्ततः सभामुख घिमिरले भोलिसम्मको लागि बैठक स्थगित गर्नुभएको हो ।
 

टिप्पणीहरू