नेकपा एसका नेताहरु आकस्मिक बैठकमा, कानुन व्यवसायीसँग परामर्श
अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेसँगै नेकपा एकीकृत समाजवादीका नेताहरू आकस्मिक छलफलमा जुटेका छन् । पार्टी मुख्यालय आलोकनगरमा अहिले बैठक जारी छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । त्यसपछि सो पार्टीका नेताहरू आन्तरिक तथा बाह्य छलफलमा जुटिरहेका छन् ।
अध्यक्ष नेपाल पनि बाराबाट फर्किसक्नुभएको छ । बुद्ध एयरको जहाजबाट काडमाडौँ ओर्लनुभएका उहाँ एयरपोर्टबाट सिधैँ पार्टी कार्यालय पुग्नुभएको छ ।
पार्टी नेताहरुसँगको छलफलपछि अध्यक्ष नेपालले कानुन व्यवसायीहरुसँग परामर्श गर्दै हुनुहुन्छ ।
टिप्पणीहरू