चिनियाँ राष्ट्रपति कार्यालयमा तिब्बती धार्मिक नेता
चिनियाँ राष्ट्रपति सि जिनपिङसँग राजधानी बेइजिङमा पञ्चेन लामाले भेट गरेका छन् । चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका बौद्ध धर्मावलम्बीहरुले निकै आदर गर्ने एर्डेनी चोकी रियाल–पोको (रिम्पोछे) लाई राष्ट्रपति सिले जातीय एकता र धार्मिक सद्भावको प्रवर्धनका साथै सिजाङ र त्यहाँका स्थानीयको स्थायित्व,विकास र प्रगतिमा थप योगदान दिन आह्वान गर्नुभएको बुझिएको छ ।
चाइना डेलीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सिले रिन्पोछेसँग बेइजिङको चोङनानहाइमा भेट गर्नुभएको हो । चोङनानहाइ चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री,मन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका मुख्य नेताहरुको निवास तथा केन्द्रीय प्रशासन भवनहरु रहेको अति संवेदनशील क्षेत्र हो । थिआनमन स्क्वायरको पश्चिमतर्फ उच्च सुरक्षा घेराभित्रको सो स्थानमा चिनियाँ नेताहरुले पाहुनाहरुसँग बिरलै भेटघाट गर्दछन् ।
टिप्पणीहरू