अमेरिकामा एकै परिवारका चार जनाको गोली प्रहारबाट मृत्यु

अमेरिकाको भर्जिनिया राज्यको म्यानासस पार्कस्थित एक घरमा बस्दै आएका चार जना नेपालीको हत्या भएको छ । एकै परिवारका चार जना सदस्य घरभित्रै अचेत अवस्थामा फेला परेको बताइन्छ ।
स्थानीय समयअनुसार बिहीबार राति ११ बजेको समयमा भएको घटनामा दुई वयस्क र दुई बालबालिका मारिएका हुन् । प्रहरीका अनुसार चारै जनामाथि गोली प्रहार भएको देखिन्छ । घटनास्थलबाट बन्दुकसमेत बरामद भएको समाचारमा उल्लेख छ ।
मारिएका नेपालीहरुमा ३८ वर्षे सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र अन्य दुई बालबालिका हुन् । बालबालिकामध्ये बालिका ८ वर्षीया र बालक २ वर्षको भएको बताइन्छ ।
टिप्पणीहरू