सबै श्रेणीहरू

अमेरिकामा एकै परिवारका चार जनाको गोली प्रहारबाट मृत्यु

अमेरिकामा एकै परिवारका चार जनाको गोली प्रहारबाट मृत्यु

अमेरिकाको भर्जिनिया राज्यको म्यानासस पार्कस्थित एक घरमा बस्दै आएका चार जना नेपालीको हत्या भएको छ । एकै परिवारका चार जना सदस्य घरभित्रै अचेत अवस्थामा फेला परेको बताइन्छ ।

स्थानीय समयअनुसार बिहीबार राति ११ बजेको समयमा भएको घटनामा दुई वयस्क र दुई बालबालिका मारिएका हुन् । प्रहरीका अनुसार चारै जनामाथि गोली प्रहार भएको देखिन्छ । घटनास्थलबाट बन्दुकसमेत बरामद भएको समाचारमा उल्लेख छ ।

मारिएका नेपालीहरुमा ३८ वर्षे सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र अन्य दुई बालबालिका हुन् । बालबालिकामध्ये बालिका ८ वर्षीया र बालक २ वर्षको भएको बताइन्छ ।