सभामुखको पहल आज पनि निरर्थक

सभामुखको पहल आज पनि निरर्थक

सभामुख देवराज घिमिरे र विभिन्न राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन टुंगिएको छ । संसदको अवरोध हटाउन सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका सचेतकलाई केही बेरअघि सामूहिक छलफलमा बोलाएका थिए । तर, सहमति जुट्न सकेन । 

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (एमाले)का महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारलगायत सहभागी थिए । छलफलका क्रममा सभामुख घिमिरेले संसदमा काम थुप्रिएको भन्दै अवरोध हटाउन विपक्षीहरुलाई आग्रह गरेका थिए । 

तर, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन सरकारले प्रतिबद्धता गरेपछि मात्र सदन खोल्ने विपक्षीको अडान रह्यो । माआवादी प्रमुख सचेतक पाण्डेले केहीबेरमा विपक्षी दलहरुको संयुक्त बैठक बस्न लागेको र त्यसपछिको निष्कर्षअनुसार अघि बढ्ने जानकारी सभामुखलाई गराएका थिए । 

संसदको अवरोध हटाउने विषयमा हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि छलफल भएको थियो ।
 

टिप्पणीहरू