विश्वकप छनोटमा इटाली र बेल्जियम विजयी

एजेन्सी। फिफा विश्वकप(२०२६ अन्तर्गत भएको युरोपेली छनोटमा इटाली र बेल्जियम विजयी भएका छन् । सोमबार राति भएको खेलमा इटालीले मोल्डोभालाई २(० गोलले हराएको हो ।
मापेई स्टेडियममा भएको खेलमा इटालीलाई जित दिलाउन गिआकोमो रास्पाडोरी र एन्द्रिया काम्बिअसोले समान एकरएक गोल गरे । खेलको ४० औँ मिनेटमा रास्पाडोरीले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा काम्बिअसोले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इटाली २(० गोलले विजयी भएको हो । जितसँगै इटाली दुई खेलबाट ३ अंक जोड्दै समूहुआईु तेस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको मोल्डोभा अंकविहीन रहँदै पुछारमाछ।
यस्तै गएराति नै भएको अर्को खेलमा बेल्जियमले वेल्समाथि ४(३ गोलको रोमाञ्चक जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियममा जित दिलाउन रोमेलु लुकाकु, यौरी टेलेमानस, जेरेमी डोकु र केभिन डी ब्रुयनले समान एकरएक गोल गरे । वेल्सको लागि ह्यारी विल्सन, सोर्बा थोमस र ब्रेनान जोन्सनले समान एकरएक गोल गरेपनि टोलीको हार टार्न पर्याप्त रहेन ।
जितसँगै बेल्जियम २ खेलबाट ४ अंक जोड्दै समूह ुजेुको दोस्रो स्थानमा उक्लिएको छ भने दुई खेल बढी खेलेको वेल्स ७ अंकको साथ दोस्रो स्थानमा यथावत छ ।
अन्य खेलको नतिजा
क्रोएसिया ५-१ चेक रिपब्लिक
फारो आइल्याण्ड २-१ जिब्राल्टार
टिप्पणीहरू