बाबुरामका १४ जना प्रचण्डतिर फर्किए

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) का केन्द्रीय सचिवालय सदस्य किरण थापा माओवादी केन्द्रमा फर्किएका छन् ।
नेसपा कास्कीका अध्यक्ष राजु क्षेत्रीलगायत १४ जना नेता-कार्यकर्तालाई लिएर उनी पुरानै घर फर्किएका हुन् । पोखरामा आयोजित माओवादी केन्द्र महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा पुगेर उनीहरुले माओवादीमा मिसिएको घोषणा गरे ।
बाबुरामले नयाँ शक्ति बनाएपछि त्यतै लागेका थापा र क्षेत्रीसहितलाई माओवादी अध्यक्ष प्रचण्डले खादा र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।
टिप्पणीहरू