राष्ट्रिय महिला फुटबल टोलीमा दुई सहायक प्रशिक्षक

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजेन्द्र तामाङ्ग र भगवती थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको हो । सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक र बिन्द्रा देवान टोली प्रबन्धकमा जारी रहने एन्फाले जनाएको छ ।
त्यसैगरी, डा.अलिशा राईलाई टोली डाक्टर र शिला गिरीलाई टोली फिजियो थेरापिष्टको रुपमा नियुक्त गरिएको एन्फाले जनाएको छ । विकास गुरुङ्ग किट प्रबन्धकमा नियुक्त भएका छन् । योसँगै राष्ट्रिय टिमको अफिसियलको टुंगो लागेको एन्फाको भनाइ छ । एन्फाका महासचिव किरण राईले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सबैलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।
टिप्पणीहरू