काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी असार १५ गते दिँउसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेगरी बैठक डाँकिएको हो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई बैठकमा उपस्थित हुन सूचना गरेका छन् ।
‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिँउसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ,‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशनानुसार अनुरोध गरिन्छ ।’
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिबारे छलफल हुने बुझिएको छ ।

टिप्पणीहरू