सशस्त्रमा थपियो केटी काण्ड

सशस्त्रमा थपियो केटी काण्ड

कास्कीको लामपाटनमा भान्जी काण्ड लागेर एक हाकिम जेल गएलगत्तै शान्ति स्थापनार्थ साउथ सुडानमा तैनाथ नेपाली सशस्त्र प्रहरीका कमान्डर एसएसपी रवीन्द्रराज कर्णजितमाथि गम्भीर आरोप लागेको छ । 

एक वर्षअघि सुडान पुगेका उनीमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि युएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको हो । उनीमाथि त्यहाँको एक रेस्टुरेन्ट (टुकुल) मा ती नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप छ ।

कर्णजीतको व्यवहारबाट रिसाएकी ती महिलाले त्यतिखेर नै हंगामा मच्चाएकी थिइन् । ती महिलाले पछि युएन उजुरी दिएपछि मात्रै अभद्र व्यवहारको रहश्य खुलेको बुझिएको छ । 

युएनले यसवारे महानिरीक्षक राजु अर्याललाई घटनाकाबारेमा जानकारी पठाएको बुझिएको छ ।

टिप्पणीहरू