काँग्रेसका अर्का मोहनबहादुर भ्रष्टाचारमा दोषी ठहर
नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष पुष १४ गते नौ करोड २२ लाख घुस लिएको दावी गर्दै बस्नेतविरुद्ध मुद्दा दायर गरेको थियो । आज विशेष अदालतका न्यायाधीश टेकनारायण कुवँर र रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर्याएको हो ।
मेयर बस्नेत सम्पति शुद्धिकरणमा पनि दोषी देखिएका छन् । घुसबापत प्राप्त रकम र जग्गा विभिन्न व्यक्तिलाई बिक्री वितरण गरेर १३ करोडभन्दा बढी सम्पत्ति शुद्धिकरण गरेको अदालतले ठहर गरेको हो ।
बस्नेतलाई कैद सजाय तोक्न आगामी १६ गते अर्को पेशी तोकिएको छ । उनी नेपाली कांग्रेसबाट मेयर निर्वाचित भएका हुन् ।
टिप्पणीहरू