‘कुलिङ पिरियड’को चर्चा व्यर्थ, अवकाशलगत्तै नियुक्ति सर्वत्र

‘कुलिङ पिरियड’को चर्चा व्यर्थ, अवकाशलगत्तै नियुक्ति सर्वत्र

प्रतिनिधिसभाबाट आज पारित संघीय निजामती सेवा विधेयकमा निकै चर्चित कुलिङ पिरियडको व्यवस्था ‘हात्ती आयो,हात्ती आयो फुस्सा’ भएको छ ।

पारित विधेयकमा राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीको पदबाट अवकाश लिएको मितिले २ वर्षसम्म नेपाल सरकारको पूर्वस्वीकृति नलिई नियुक्ति लिन नपाइने उल्लेख छ ।

जसमा नेपाल सरकारको सचिव वा सहसचिव पदबाट अवकाश पाएको २ वर्षसम्म संवैधानिक,कूटनीतिक, अन्तरसरकारी,अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायमा सरकारी स्वीकृतिबिना नियुक्ति हुन नपाइने व्यवस्था छ । यसबाट ऐन लागु भएपछि अवकाश हुने कुनै पनि सचिव वा सहसचिवलाई संवैधानिक,कूटनीतिक, अन्तरसरकारी,अन्तर्राष्ट्रिय विकास साझेदारका विभिन्न पदमा नियुक्त हुन बाधा पर्ने छैन । यसको अर्थ तीबाहेक अन्यत्र नियुक्तिका लागि मात्र ऐनले बाधा पुर्याउने र सरकारको स्वीकृति आवश्यक भन्ने अर्थ लगाइएको छ ।

विधेयकले अवकाश भएको एक वर्षभित्र बहाल रहेको निकायको कार्यक्षेत्रसँग सम्बन्धित संस्था वा त्यस्तो निकायले नियमन गर्ने संस्थाको कर्मचारी वा परामर्शदाताको रूपमा काम गर्न पनि रोक लगाएको छ । तर यस्तो अवस्था अत्यन्त कम हुने गरेको छ ।

सचिवहरुले विशेषगरी संवैधानिक, कूटनीतिक क्षेत्रमा सरकारी नियुक्तिमा लगाइएको रोकमा विरोध जनाएका थिए । ऐन लागु भएपछि पनि उनीहरुलाई त्यस्तो नियुक्तिमा कुनै बन्देज नहुने अवस्था कायम भएको छ ।

सामान्यतया सरकारले चाहे र रोजे खोजेअनुसार नै संबैधानिक निकायहरुमा ब्यक्तिको नियुक्ति हुने हुँदा आज पारित यो प्रावधान आफैमा दुनियाँ हँसाउने मेलो हो ।

टिप्पणीहरू