कुलिङमा भएको छेडखानी सच्याउन रामहरिको अनुरोध

कुलिङमा भएको छेडखानी सच्याउन रामहरिको अनुरोध

संघीय निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा भएको छेडखानी सच्याउन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभालाई आग्रह गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले विधेयकमा व्यवस्था गरिएको मूल मर्मलाई भत्काउने गरी तोडमोड भएकोले कुलिङ अफ पिरियड राख्नेगरी सच्याउन राष्ट्रिय सभालाई अनुरोध गरेका हुन् । 

‘राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसद्मा पेश गर्न मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना हो । यो सामान्य अवस्था होइन’, विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी, कुलिङ अफ पिरियड राख्नेगरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’

सजाय भोग्न तयार छु : रामहरि खतिवडा

‘सांसदहरुलाई कुरीकुरी’

टिप्पणीहरू