महिला एसियन कप छनोटमा नेपालको लगातर दोस्रो जित

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले लागातार दोस्रो जित निकालेको छ । बुधबार बेलुकी भएको खेलमा श्रीलंकालाई ८-० गोलले नेपालले एसिया कप खेल्ने सम्भावनालाई जीवित राखेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा गीता रानाले दुई तथा पुजा राना, रेखा पौडेल र निशा थोकरले समान एक/एक गोल गरे । नेपालले दुवै हाफमा चार/चार गोल गरेको हो । सावित्राले खेलको २० औँ, ४२ औँ र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै गीताले १२ औँ र ५४ औँ मिनेटमा गोल गर्दा निशाले ६२ औँ, रेखाले ७८ औँ र पुजाले ८९ औँ मिनेटमा गोल गरिन् ।
जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । दुवै खेलमा पराजित श्रीलंका अंकविहीन छ । अब नेपालले समूहचरणको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ । उक्त खेलमा जित निकाल्न सकेको खण्डमा नेपाल महिला एसिया कपमा छनोट हुनेछ ।
टिप्पणीहरू