कार्यकर्ताको निधनले काँग्रेस मर्माहत
नेपाली कांग्रेसले सप्तरीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति श्यामकुमार यादवको निधनप्रति दु:ख व्यक्त गरेको छ ।सभापति शेरबहादुर देउवाले दिवंगत यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख प्रकट गर्नुभयो ।
त्यस्तै, उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा यादवले सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनको निधनले पार्टीलाई क्षेति पुगेको देउवाको ठहर छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवाको तर्फबाट शोक वक्तव्य जारी गर्दै भनेका छन्- राजविराज नगरपालिका–१२ निवासी स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको छ ।’
यादवको गएराति साढे ११ गते ६० वर्षको उमेरमा निधन भएको हो ।

टिप्पणीहरू