सजिलो छैन सक्कली कम्युनिष्ट बन्न,९२ वर्षमा बल्ल सदस्यता

९२ वर्षे चिनियाँ अभिनेता यु वेन्चाङ चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बनेका छन् । वृद्ध उमेरमा कम्युनिस्ट पार्टीमा प्रवेश गरेका अभिनेता युलाई राष्ट्राध्यक्ष तथा कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले बधाई ज्ञापन गर्नुभएको छ ।
व्यक्तिगत शुभकामना र पार्टीको तर्फबाट बधाई सन्देश पठाउँदै केन्द्रीय सैन्य आयोगको अध्यक्षसमेत रहनुभएका राष्ट्राध्यक्ष सिले युको चिनियाँ कम्युनिष्ट पार्टीप्रतिको आस्थालाई ‘हृदयस्पर्शी’ भन्नुभएको छ । उहाँले यु वेन्चाङलाई पार्टी सदस्यको रूपमा प्रेरणादायी भूमिका निर्वाह गर्न, कला र संस्कृति क्षेत्रका अरुलाई समाजवादी संस्कृति निर्माणमा योगदानका लागि प्रेरित गर्न आग्रहसमेत गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
सन् २०२४ को शुरुतिर चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यताका लागि आवेदन दिएकोमा गत मे महिनादेखि बल्ल परीक्षणकालीन सदस्यको जिम्मेवारी पाएका हुन् ।
उनको जन्म सन् १९३३ मा भएको हो । राष्ट्रिय नाटक थियटर अफ चाइनाका वरिष्ठ तथा प्रख्यात अभिनेता उनले दशकौंदेखि रंगमञ्च र फिल्मको पर्दामा जीवन्त अभिनय पस्कँदै आएका छन् । गत वर्ष आयोजित ३२औं चाइना टिभी गोल्डेन ईगल अवार्ड्स समारोहमा उनलाई चाइना फेडेरेसन अफ लिटरेरी एन्ड आर्ट सर्कल्सको ‘लाइफ टाइम एचिभमेन्ट’ प्रदान गरिएको थियो ।
समाचारमा जनाइएअनुसार युले सन् २०२४ को शुरुतिर चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यताका लागि आवेदन दिएकोमा गत मे महिनादेखि बल्ल परीक्षणकालीन सदस्यको जिम्मेवारी पाएका हुन् ।
टिप्पणीहरू