स्विस विदेशमन्त्री सेनाको विमानमा आउँदै
स्विटजरल्याण्डका विदेशमन्त्री गान्जियो कासिस नेपाल आउँदैछन् । उनी आज राति १० बजे एअरफोर्सको चार्टर्ड विमान उडान नम्बर एसयु १००५ मा काठमाडौं आइपुग्ने कार्यक्रम छ । तर,सैनिक विमानबारे विस्तृत रुपमा खुलाइएको छैन ।
उनी पर्सि बिहान काठमाडौंबाट भुटान जाने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार पर्सि बिहान सवा ९ बजे ड्रुक एअरको उडान नम्बर केबी ४०१ मा भुटानको पारो हुँदै उतैबाट स्वदेश फर्कने छन् ।
काठमाडौंमा रहँदा स्विस पाहुना टोलीले दुई रात बबरमहल रिभिजिटेडस्थित होटल भिलासमा बिताउने छ ।
टिप्पणीहरू