रसुवाको बाढीमा ३ प्रहरीसहित नौ नेपाली र चिनियाँ  बेपत्ता

रसुवाको बाढीमा ३ प्रहरीसहित नौ नेपाली र चिनियाँ  बेपत्ता

आज बिहानैदेखि भोटेकोशी र स्थानीय ल्हेन्दे खोलामा आएको भिषण बाढीले रसुवागढी, टिमुरेस्थित भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीले चीन जोड्ने मितेरी पुलसहित भन्सार क्षेत्रमा राखिएका विद्युतीय गाडी र कन्टेनरहरु बगाएको छ । 

स्थानीय रसुवागढी जलविद्युत परियोजनाका कर्मचारी र भन्सार क्षेत्रमा रहेका मानिस पनि बेपत्ता छन् । जसमा नेपाल प्रहरीका तीन जना र छ जना चिनियाँ नागरिक बेपत्ता परेको बुझिएको छ ।

टिप्पणीहरू