त्रिशुली किनारमा शव, हिमताल फुटेको निष्कर्ष
रसुवागढीमा अस्ति बिहान आएको भोटेकोशीको बाढीपछि बेपत्ता व्यक्तिको शव त्रिशुली नदीको किनारामा भेटिन थालेको छ । अस्ति, हिजो र आज गरेर १० जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
सबै शवको मुचुल्का उठाएर भरतपुर जिल्ला अस्पताल पठाइएको छ । बाढीमा सुरक्षाकर्मी, चिनियाँ नागरिकसहित २८ जना बेपत्ता छन् । तीमध्ये १८ जना अझै फेला परेका छैनन । कतिपयको हात र खुट्टा मात्र भेटिएकाले पहिचान गर्न कठिन भएको प्रहरीको भनाइ छ ।
यता, वैज्ञानिक तथा भूगर्भविदहरुले भोटेकोशीमा अचनाक ठूलो बाढी आउनुको कारणबारे विभिन्न धारणा राखेका छन् । चाइनिज एकेडेमी अफ साइन्सबाट भूगोलशास्त्रमा विद्यावारिधी (पिएचडी) गरिरहेका वैज्ञानिक नितेश खड्काले चीनको तिब्बती क्षेत्रमा बनेको हिमताल फुटेर भोटेकोशीमा बाढी आएको बताए । उनले स्याटेलाइट तस्बिरहरु समेत सार्वजनिक गर्दै त्यहाँ अझै अन्य हिमताल फुट्ने सम्भावना रहेको र त्यसतर्फ गम्भीर अध्ययन र अनुसन्धान आवश्यक रहेको उल्लेख गरे ।
जल तथा मौसम विज्ञान विभागले पनि हिमताल फुटेपछि रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागका एक अधिकारीले जनआस्थासँग भनेका छन्, ‘बाढी आउनुअघि दुवैतर्फ (नेपाल–चीन) सामान्य मात्र वर्षा भएको थियो । त्यस्तो वर्षाले त्यति ठूलो बाढी आउँदैन । हिमताल फुटेकै कारण बाढी आएको उपग्रहका स्याटेलाइट तस्वीरले देखाएका छन्, हाम्रो अध्ययन त्यसमा केन्द्रित
टिप्पणीहरू