यू–१६ का क्रिकेटरलाई जनही ५० हजार

यू–१६ का क्रिकेटरलाई जनही ५० हजार

मलेसियामा हालै सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट उपाधि विजेता नेपाली टोलीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलहरुलाई हौसलास्वरुप जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो । 

जुन २० देखि जुलाई ५ तारिखसम्म मलेसियामा भएको क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि चुमेको थियो । 

प्रतियोगितामा नेपालसहित पूर्वी एसियाली मुलुकहरु भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्याण्ड र सिंगापुर सहभागी थिए ।
 

टिप्पणीहरू