चिनियाँ रहनसहन र जीवनशैलीमा भारतीय सुधिर मख्ख

चीनको निङ्पो शहरमा विगत सात वर्षदेखि बस्दै आएका भारतीय नागरिक सुधिर चीनलाई आफ्नो दोस्रो घर बताउँछन् । निङ्पोका घनिष्ठ चिनियाँ मित्र, स्वादिष्ट खाना र ऐतिहासिक वातावरणले आफूलाई त्यहाँ रोकिन बाध्य पारेको उनको निश्कर्ष छ । 

सुधिरलाई निङ्पोका गल्लीहरुमा घुम्न, त्यहाँको जीवनशैली अवलोकन गर्न र तिनलाई क्यामेरामा कैद गर्न औधी मनपर्छ । चीनका विभिन्न प्रान्त र शहर घुमिसकेका उनी निङ्पोको इतिहास र संस्कृतिप्रति आफ्नो गहिरो लगाव भएको सुनाउँछन् । 

सुधिर भन्छन्, ‘म यात्रा गर्न निकै मन पराउँछु । विशेषगरी एसियाली देशहरुमा । अहिलेसम्म केही चिनियाँ प्रान्त र शहर घुमिसकेको छु । जब म पहिलो पटक हुनान प्रान्तको हिना शहर पुगेँ, त्यहाँको हावामा मैले मेरो जन्मस्थानको समुद्री गन्ध महशुस गरेँ । निङ्पो भने इतिहास र संस्कृति समेटिएको शहर रहेछ । यहाँ मेरो गहिरो लगाव छ ।’

हाल उनी रहेको सिन्ज्यिाङ क्षेत्र भारतसँग जोडिएको छ सय वर्ष पुरानो ऐतिहासिक रेसमी मार्ग हो । त्यहाँबाट चिनियाँ–भारतीय संस्कृति आदानप्रदान हुने गरेको सुधिरको भनाइ छ ।

टिप्पणीहरू