पूर्व निर्वाचन आयुक्त इला ‘कार्डियाक अरेस्ट’ बाट बितिन्
पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । आज साँझ मुटुको ब्यथालेथापाथलीस्थित नर्भिक अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनको अन्तिम संस्कार भोलि गरिने र त्यसअघि पार्थिव शरिरलाई कुपण्डोलस्थित निवासमा राखिने पारिवारिक श्रोतले बतायो ।
कुनै समय राइजिङ नेपालमा कार्यरत पत्रकार शर्मा पछिल्लो समय सिटिजन्स बैंक इन्टरनेशनलकी सञ्चालक थिइन् । ६० वर्षको उमेरमा आमाको हृदयाघातका कारण निधन भएपछि छोरीहरु नयाँ दिल्लीबाट आउँदैछन् ।
हिजो सञ्चालक समितिको बैठकमा भाग लिएकी उनले दुई दिनअघि केन्द्रीय बैंकको टोलीसँग एएमएल सिएफटीबारे लामो कुराकानी गरेकी थिइन् । शर्मा बैंकमा एएमएल सिएफटीसम्बन्धी समितिको संयोजक थिइन् । आज दिनभर विभिन्न काममा सक्रिय रहेको उनलाई साँझ हृदयाघात भएको बताइन्छ ।
आयोगबाट अवकाशसङ्गै उनले भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरैशीसँग विवाह गरेकी थिइन् ।
उनका पति प्रहरी सेवाका नवराज शर्मालाई माओवादीले कालिकोटमा बाटो छेकेर निर्ममतापूर्वक हत्या गरेका थिए ।
टिप्पणीहरू