दुई कार्यकाल अनुमोदित, उमेर हद हट्दै

दुई कार्यकाल अनुमोदित, उमेर हद हट्दै

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि पार्टीको विधान संशोधन भइसकेको बताएका छन् । आगामी भदौमा हुने विधान महाधिवेशनबाट ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान पनि हटाइने जानकारी दिइएको छ ।

पार्टी मुख्यालय ललितपुरको च्यासलमा आयोजित केन्द्रीय विभागको संयुक्त भेलालाई सम्बोधन गर्दै पोखरेलले ०७८ मा सौराहमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको प्रस्तावमा विधान संशोधन गरिसकेको बताए । ‘गोदावरीमा सम्पन्न अघिल्लो विधान महाधिवेशनमा अध्यक्षमा दुई कार्यकाल मात्र उम्मेदवार हुन पाउने प्रावधान राखिएछ’, उनले भने,  ‘हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो, नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान त्यतिबेलै संशोधन भइसकेको छ ।’

महासचिव पोखरेलले ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान पनि संशोधन हुने र ओलीले तेस्रो कार्यकालको नेतृत्व सम्हाल्ने विश्वास व्यक्त गरेका छन् ।

टिप्पणीहरू